Tuesday, 15 October 2019

मुक्तक

मुक्तक

सम्बन्धमा घात भयो,  सधैँ  कालो  रात भयो
पहिले  मीठो  बात भयो , पछि धारे हात भयो
अन्त सम्बन्ध जोडे पछि यता नाता तोडे पछि
मलाई चैँ लात भयो तिमीलाई चैँ सौगात भयो ।।

विश्वास नभएपछि सम्बन्ध  तोडिन्छ पक्कै
सँगैको  सफर  छोडी घुम्ती मोडिन्छ  पक्कै
तिमीले छोड्यौ भनि बेहाल  भएर हिड्दिनँ
आफ्नै श्वासलाई त एकदिन छोडिन्छ पक्कै ।।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल:- दोहा कतार

Friday, 11 October 2019

आफै डाक्टर

"गजल"

आफै   डाक्टर आफै धामी तिम्रो  सहरमा
सबै मायाकै रहेछन् बिरामी तिम्रो  सहरमा 

आखिर यो कस्तो अनौठो प्रेम रहेछ  तिम्रो
कोही छन् जन्ती क्वै मलामी तिम्रो सहरमा

समीप बस्दा राम्रो, टाढा बस्दा  भए नराम्रो
हजारौं हजार भेटेँ प्रतिगामी तिम्रो सहरमा 

अन्धकारमा हराएको एकल यात्री थिएँ म 
कसैको  प्रेमले बनायो नामी तिम्रो सहरमा 

लुट्नु लुटे "योगीलाई" नै झुटो प्यार देखाई 
जसोतसो बाँच्दैछ मुटु छामी तिम्रो सहरमा

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार