Friday, 20 March 2020

आदरणीय दाजु सुनिल अधिकारी

मुक्तक = ६७३
****************
एकनास रहँदैन त्यो अविच्छिन्न समय बद्लिन्छ 
सङ्घर्षको परिक्षासँगै मान्छेको परिचय बद्लिन्छ 
हार र जितको प्रतिस्पर्धामा खरो उत्रिनको लागि
रङ्गमञ्च अनुसार मान्छेको अभिनय बद्लिन्छ !

(२०७५-०५-०१ शुक्रबार)

* सुनिल अधिकारी*