Friday, 28 August 2020

गीत

गीत. . . . 




तिम्रो रुपको चर्चा चल्दा. . छाति मेरो चर्किन्छ
सुन्छु हल्ला नराम्रो . . . . आँसु त्यसै दर्किन्छ°°°




हुन्न-हुन्न भन्दा भन्दै मुटु साटौँ भन्दै आयौ
चलाएर यही दिल्मा छुरा तिमीले के पायौ
स्वार्थि यो दुँनियामा कस्ले कस्लाई पर्खिन्छ
सुन्छु हल्ला नराम्रो . . . आँसु त्यसै दर्किन्छ 


नभेटेकै जाती हुन्थ्यो भेटेर छुट्नु भन्दा
नलाएकै बेस माया बिचैमा टुट्नु भन्दा
छुटेपछि  सम्बन्ध  फेरी कहाँ जोडिन्छ
सुन्छु हल्ला नराम्रो . . . . आँसु त्यसै दर्किन्छ. . . . . . 


तिम्रो रुपको चर्चा चल्दा. . छाति मेरो चर्किन्छ
सुन्छु हल्ला नराम्रो . . . . आँसु त्यसै दर्किन्छ°°°




@प्रकाश पाठक "योगी" (चितवन-१-जगतपुर)