गजल
आजकल मौन आफ्नै अधर छ
यतै मर्छु होला दु:खको खबर छ
! !
धैर्य गर्नु सबै सही हुन्छ भन्छन्
कति धैर्य गर्नु मृत्युसँगै सफर छ
! !
भेट हुँदा दुई वचन राम्रो बोल्नुस्
को मर्ने को बाँच्ने कस्को भर छ
! !
आमा आफ्नो ख्याल आफै गर्नु
सेवा गर्न म फर्किन्न भन्ने डर छ
! !
बाध्यताले परदेशीलाई थिचेर हो
नत्र खाडीमा मर्ने कस्लाई रहर छ
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार