Monday, 13 April 2020

गजल

गजल


आजकल  मौन आफ्नै अधर छ
यतै मर्छु होला दु:खको खबर छ
! ! 
धैर्य गर्नु सबै  सही हुन्छ भन्छन् 
कति धैर्य गर्नु मृत्युसँगै सफर छ
! ! 
भेट हुँदा दुई वचन राम्रो बोल्नुस्
को मर्ने को बाँच्ने कस्को भर छ
! ! 
आमा आफ्नो ख्याल आफै गर्नु
सेवा गर्न म फर्किन्न भन्ने  डर छ 
! ! 
बाध्यताले परदेशीलाई थिचेर हो
नत्र खाडीमा मर्ने कस्लाई रहर छ 



प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment