Sunday, 29 July 2018

अभ्यास

गजल अभ्यास

चढेका उकाली झरेनन् कदाचित
हृदयका रहर यी मरेनन् कदाचित
! !
सधैं लाग्छ ठक्कर छ पीडा अनेकौं
दशा अन्त  मेरा   सरेनन्  कदाचित
! !
गरेँ  नाम  उनकै  यो  जीवन  सदैव
कसैले  भलाइ   गरेनन्    कदाचित
! !
पुजेँ लाख द्यौता यहाँ भाग्य  खोज्दै
रहे  मूक    दु:ख  हरेनन्  कदाचित
! !
हिजो  ज्यान   दिन्छु  भनेकाहरूले
मरे जल  मुखैमा   छरेनन् कदाचित

Thursday, 5 July 2018

गजल

"स्वतंत्रत गजल"

बगैँचामा फुल्यो फूल आँखा लगाउने हजार भए
मगमगाउँदो फूल देखी र्याल  बगाउने हजार भए
!!
घरगृहस्थी बुझेकै छैनन् प्रेम जालमा फसेर सबै
विवाह गरौं है भन्दै केटीलाई भगाउने हजार भए
!!
मुखले राम राम बगलीमा छुरा देखियो भोगियो पनि
बिग्रिदा म घरमा आगो लगाउन सगाउने हजार भए
!!
मुग्लान पसेको हर्के दाइले सहयोग माग्दा पाएन है
रोगले मरेछन् त्यहाँ,नेपालमा लाश मगाउने हजार भए
!!
छन् गेडी,सबै मेरी,छैनन् गेडी,सबै टेडी रैछ साच्चै
प्रकाश निभ्यो भनि सारा गाउँ  जगाउने हजार भए
!!

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
         चितवन