गजल अभ्यास
चढेका उकाली झरेनन् कदाचित
हृदयका रहर यी मरेनन् कदाचित
! !
सधैं लाग्छ ठक्कर छ पीडा अनेकौं
दशा अन्त मेरा सरेनन् कदाचित
! !
गरेँ नाम उनकै यो जीवन सदैव
कसैले भलाइ गरेनन् कदाचित
! !
पुजेँ लाख द्यौता यहाँ भाग्य खोज्दै
रहे मूक दु:ख हरेनन् कदाचित
! !
हिजो ज्यान दिन्छु भनेकाहरूले
मरे जल मुखैमा छरेनन् कदाचित
No comments:
Post a Comment