Thursday, 5 July 2018

गजल

"स्वतंत्रत गजल"

बगैँचामा फुल्यो फूल आँखा लगाउने हजार भए
मगमगाउँदो फूल देखी र्याल  बगाउने हजार भए
!!
घरगृहस्थी बुझेकै छैनन् प्रेम जालमा फसेर सबै
विवाह गरौं है भन्दै केटीलाई भगाउने हजार भए
!!
मुखले राम राम बगलीमा छुरा देखियो भोगियो पनि
बिग्रिदा म घरमा आगो लगाउन सगाउने हजार भए
!!
मुग्लान पसेको हर्के दाइले सहयोग माग्दा पाएन है
रोगले मरेछन् त्यहाँ,नेपालमा लाश मगाउने हजार भए
!!
छन् गेडी,सबै मेरी,छैनन् गेडी,सबै टेडी रैछ साच्चै
प्रकाश निभ्यो भनि सारा गाउँ  जगाउने हजार भए
!!

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
         चितवन

No comments:

Post a Comment