गजल
तिमी तर्कि हिड्यौ, म बोल्दै बोलिन
उता फर्कि हिड्यौ, म बोल्दै बोलिन
! !
सबै क्रोध भुली तिम्रै सामु जाँदा
झनै झर्कि हिड्यौ,म बोल्दै बोलिन
! !
सजाएको थिएँ ऐनासरी दिलमा
छिट्टै चर्कि हिड्यौ, म बोल्दै बोलिन
! !
मुर्छित मात्र के भाथेँ तिम्रो बियोगमा
पानी छर्कि हिड्यौ, म बोल्दै बोलिन
! !
ठूलै आँधी उठाएर मेरो जिन्दगीमा
बर्षा झैँ दर्कि हिड्यौ म बोल्दै बोलिन
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment