Monday, 21 January 2019

गजल स्वतंत्र

गजल

रहर लाख हुन्थ्यो, सहर मौन बस्थ्यो
तिम्रो बैँस देखेर,  जहर  मौन बस्थ्यो
! !
बिष हौ कि तिमी, कि त  सुरा नै हौ
पलाएका मनका, रहर  मौन बस्थ्यो
! !
आज भन्छु भन्दै आएँ  मनका कुरा
तिम्रो सामु दिलको ठहर मौन बस्थ्यो
! !
लेखौ भन्थेँ गजल मनका शब्द समेटी
कहिले छन्द कहिले बहर मौन बस्थ्यो
! !
माग्ने नै काम थियो प्रेम माग्थ्यो होला
"योगी"नै भएनि हर-प्रहर मौन बस्थ्यो

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment