Sunday, 24 November 2019

गजल

गजल

म पनि लागेँ  परदेश रहरै रहरमा
खुब पैसा फल्छ सुन्याथेँ सहरमा
! !
यसपालि पनि छुट्टी मिलेन मलाई
बाटो हेर्दै नबस्नु  आमाले डहरमा
! !
दु:ख हुन्छ भन्ने जान्दा जान्दै पनि
बढाउँदै छु म कदम कहरै कहरमा
! !
कस्तो भाग्य लिई  जन्मिएछु मैले
बित्दैछ जिन्दगी आँसुको  नहरमा
! !
साहित्यमा वचनको झटारो लागेर
'योगी' बामे सर्दैछ छन्द र  बहरमा

प्रकाश पाठक ''योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Wednesday, 20 November 2019

मुक्तक

मुक्तक

परदेश   पसेपछि  निक्कै  अत्यास   लाग्दैछ
बाडूल्की अचेल किन छ्यास छ्यास लाग्दैछ
यादमा रुन्न तिमी सम्झिएर पागल हुन्न भन्थेँ
तर, सागर  साथमा हुँदा पनि  प्यास लाग्दैछ ।।

प्रकाश पाठक ''योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Monday, 18 November 2019

बहर गजल

गजल

म   पर्खी  रहन्छू   बगरमा    बसेर
तिमी  हाँस्नु  जै'ले   शहरमा  बसेर
! !
थियो  चाह  रानी  बनाएर     राख्ने
बढ्यो झन दूरी  यी  नजरमा  बसेर
! !
गरेँ प्यार गाढा  गयौ   तर्कि    टाढा 
गयो खेर  जीवन   सफरमा    बसेर
! !
त्यहाँ झुक्नु पर्थ्यो म राख्नू अहम के
चल्यो द्वन्द्व  घर  मै   शिखरमा बसेर
! !
बुडा  आउनुहोस्  घर  नभन्नू पियारी
कहाँ  आउला   धन   म  घरमा बसेर

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

Wednesday, 13 November 2019

जिवराज

मुक्तक

गर्दैनन् काम सकभर रक्सी पिएर आउछन्
आफै  बनेर  हिटलर  रक्सी पिएर आउछन्
हाम्रो दुर्गम  बस्तीका  सरकारी स्कुलहरुमा
पढाउन आउँदा मास्टर रक्सी पिएर आउछन्

जीवराज शाही ठकुरी
घर  बाजुरा
हाल कोहलपुर