Sunday, 24 November 2019

गजल

गजल

म पनि लागेँ  परदेश रहरै रहरमा
खुब पैसा फल्छ सुन्याथेँ सहरमा
! !
यसपालि पनि छुट्टी मिलेन मलाई
बाटो हेर्दै नबस्नु  आमाले डहरमा
! !
दु:ख हुन्छ भन्ने जान्दा जान्दै पनि
बढाउँदै छु म कदम कहरै कहरमा
! !
कस्तो भाग्य लिई  जन्मिएछु मैले
बित्दैछ जिन्दगी आँसुको  नहरमा
! !
साहित्यमा वचनको झटारो लागेर
'योगी' बामे सर्दैछ छन्द र  बहरमा

प्रकाश पाठक ''योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment