गजल
म पर्खी रहन्छू बगरमा बसेर
तिमी हाँस्नु जै'ले शहरमा बसेर
! !
थियो चाह रानी बनाएर राख्ने
बढ्यो झन दूरी यी नजरमा बसेर
! !
गरेँ प्यार गाढा गयौ तर्कि टाढा
गयो खेर जीवन सफरमा बसेर
! !
त्यहाँ झुक्नु पर्थ्यो म राख्नू अहम के
चल्यो द्वन्द्व घर मै शिखरमा बसेर
! !
बुडा आउनुहोस् घर नभन्नू पियारी
कहाँ आउला धन म घरमा बसेर
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment