Sunday, 1 December 2019

गजल

"गजल"

साँझको ज्योती तिमीले जगाई बस्नु
म आउँछु लाली पाउडर लगाई बस्नु
! !
बर्षौ पछि मिलन हुँदैछ पियारी हाम्रो
मनका  दु:ख   पीरलाई  भगाई बस्नु
! !
कुरा काट्छन् त्यो घर त  यस्तो उस्तो
ऋण काढेर नि दशैंमा घर रगाई बस्नु
! !
थाहै छ मेरो   हल्का पिउने  छ  बानी
ठुलिको  भट्टीबाट  सुरा  मगाई  बस्नु
! !
समयले साथ छोड्दा  क्षणिक  दूर छू
भन्दिनँ मेरो यादमा आँसु बगाई बस्नु ।।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल:- दोहा कतार

No comments:

Post a Comment