गजल
बेकार प्यार बढ्ला मनैमा नराख्नु
म पग्लिन्छु छिट्टो तनैमा नराख्नु
! !
देऊ पुष्प काली छिटो बस्छ माया
टिपी लान्छ कोही बनैमा नराख्नु
! !
मुटु दिन्छु भन्दा सधैँ हुन्न भन्छ्यौ
प्रिया सर्त तिम्ले धनैमा नराख्नु
! !
फरार छन् बुहारी लुटी धन र पैसा
भन्थेँ भाइ साँचो जनैमा नराख्नु
! !
तिमी दूर जाँदा थिलो भा'छ मुटु
अझै थिच्छु भन्दै घनैमा नराख्नु
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment