"मुक्तक" :- १
भो नआऊ समीप, मलिन मुहार लिएर नआऊ
नयनका ती अश्रुधारा,विवश भै पिएर नआऊ
म हेर्न चाहन्छु शिखर चढेको, प्रगति नै गरेको
आफू औंशी भै प्रकाश अरुलाई दिएर नआऊ ।।
"मुक्तक":- २
धिक्कार छ जिन्दगी भन्दै रुन्छु प्रवासमा
हो दिन रात साहूको पाउ छुन्छु प्रवासमा
बिरामी छन् आमा भनी फोन आउदा पनि
जानै पाउदिन घर, बेहाल हुन्छु प्रवासमा!
"मुक्तक":-३
कसैको पिठ्युँ पछाडी छुरा हान्ने बानी नराम्रो
आफुले आफैलाई ठूलो ठान्ने बानी नराम्रो
दुनियाँलाई पाठ पढाउँदै हिड्ने तिमी स्वयं
आफ्नो छोडि अरूको धोती तान्ने बानी नराम्रो
''मुक्तक'' – ४
बुढा भएका आमा-बालाई वृद्धाश्रममा छोड्न थाले
प्रगाढ़ ती सम्बन्धहरू, सदाको लागि तोड्न थाले
संसार चिनाउने बाबा आमा अब घाँडो हुन्छ भन्छन्
बुहारी त परै जावस् छोराले’नि बाटो मोड्न थाले ।
''मुक्तक'' – ५
गोजी रित्तो छ भकारी खाली के आँटेर दशैं मनाऊँ
पत्याउनै छोडे ऋण पनि कस्लाई ढाँटेर दशैं मनाऊँ
भन्न त कति सजिलै भन्यौ धुमधामले दशैं मनाउनु
माछा-मासु भागमा छैन सब्जी के काटेर दशैं मनाऊँ l
''मुक्तक'' –६
भन न दाइ मनपरेकी केटी फकाउने कसरी हो
मनभित्रका कुरा सिधै गएर बताउने कसरी हो
जब देखें उसको तस्वीर आँखामा नै बसेको छ
संधै आईरहने उनको यादहरु हटाउने कसरी हो l
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:
Post a Comment