Tuesday, 24 December 2019

मुक्तक

बिन्ती प्रिय ! मलाई न्याय दिलाएर जाऊ
छ  सानो  समस्या हाम्रो   मिलाएर जाऊ
मिल्ने छ छुटकारा तिमीलाई नि मलाई नि
आऊ तिम्रै  हातले  जहर  पिलाएर जाऊ । 


फक्रिदा -फक्रिदै डालीबाटै झर्न नपरोस्
वियोगको पीडाले दुखी मन गर्न नपरोस्
बरु झुटो कसम खाइदैन पिरती लाइदैन
पछि धोका पाएर यहाँ पलपल मर्न नपरोस्  ।।

अरु केही पनि चाहिदैन मलाई,अन्तिम पलमा पानी भैदियोस्
पानी पिलाउने दयालु साथ - साथै मायाकी खानी भैदियोस्
चाहाना ठूलो  राख्दिन दैव, अरु केही पनि मैले  माग्दिन
प्राण जान घिटिघिटी हुँदा पियारीको काख सिरानी भैदियोस् ।।


अरुको काँध माथि चढेर बगर तिर झर्न मन छ
असल मित्र को को छन् भनि बुझ्न मर्न मन छ
काटेको वृक्षमा पनि जब पालूवा पलाएको देख्दा
घाइते यो मनले पनि भन्न थाल्दै छ प्रेम गर्न मन छ ।।


"मुक्तक" ५

डालीबाट ओईलिएर भुँइमा   झरेको  थिएँ
दुनियाँको पाउले हान्दै धेरै पर सरेको थिएँ
कस्को कुरा सुन्यौ तिमीले  महाजाल बुन्यौ
रोप्यौ छुरा मार्न भन्दै म त यसै मरेको थिएँ

प्रकाश पाठक "योगी''
भरतपुर २३ जगतपुर
हाल :- चेन्नेई भारत




No comments:

Post a Comment