Tuesday, 24 December 2019

गजल

गजल

उसै लठ्ठ पार्ने  रुप छ  तिम्रो श्रृंगार नगर
म पागल हुन्छु प्यारी अधरले प्यार नगर
! !
सुस्त रात ढल्किँदा  सागर उर्लियो बैँसको
काखैमा बस जे  हुन्छ - हुन्छ विचार नगर
! !
छ भन्छ्यौ प्यारको  चिनो बिस्तारै हुर्किदै
भनेकै थिएँ प्रिया चुम्बन  गर्न हतार  नगर
! !
तिम्रो अधरको स्पर्श खोजेकाछन् अंगहरू
हुन्न हुन्न भन्दै  तड्पाएर  अत्याचार  नगर
! !
भँवराको साथमा घुमेपछि मति गुमे पछि
आज लुटियो जवानी भन्दै  धिकार नगर

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment