Tuesday, 24 December 2019

गजल

गजल



रमिता हेर्नेछन् पक्कै दुनियाँ सारा
जब म हुनेछु त्यो आकाशको तारा
! !
बहस सुरु  हुन्छ  एउटा मूर्दामाथि
राम्रो,नराम्रो भन्लान् कोही विचारा
! !
सफरमा छोडी हिडेँ निष्ठुरी नभन्नु
सकिनँ पुछ्न तिम्रा आँसुका धारा
! !
धितो राखि सबै बग्यो शिरको सिन्दुर
कुन बलल चलाउली घरको गुजारा
! !
स्वार्थ लुट्न भमरा तमतयार हुन्छन्
ख्याल गर्नु नारी,जब  हुन्नन् पियारा


"योगी"

No comments:

Post a Comment