Tuesday, 24 December 2019

गजल

गजल



सकिनँ चुम्न तिम्रो अधरमा
हरामी हुँदानि सधैँ सहरमा
! !
थियो के त्यस्तो घायल भएँ
हेरेको मात्रै हो मैले नजरमा
! !
एक चुम्बन चिनो दिएर जाऊ
छुटिनु  छदै छ  पुन: सफरमा
! !
धन छैन बरु  मुटु   दिन्छु भनेँ
परेछ माया  मेरो'''''''नि  बदरमा
! !
कति प्रेम गर्छु कसरी भनूँ म
पर्खि बसौला नजली बगरमा
! !
भिक्षा माग्दा ढुङ्गा दियौ प्रिय
खोज्दैछ दिल योगी' पत्थरमा



प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल:- दोहा कतार

No comments:

Post a Comment