गजल
उसै लठ्ठ पार्ने रुप छ तिम्रो श्रृंगार नगर
म पागल हुन्छु प्यारी अधरले प्यार नगर
! !
सुस्त रात ढल्किँदा सागर उर्लियो बैँसको
काखैमा बस जे हुन्छ हुन्छ विचार नगर
! !
छ भन्छ्यौ प्यारको चिनो बिस्तारै हुर्किदै
भनेकै थिएँ प्रिया चुम्बन गर्न हतार नगर
! !
तिम्रो अधरको स्पर्श खोजेकाछन् अंगहरू
हुन्न हुन्न भन्दै तड्पाएर अत्याचार नगर
! !
भँवराको साथमा घुमेपछि मति गुमे पछि
आज लुटियो जवानी भन्दै धिकार नगर
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment