गजल
मेरो भन्नु के नै पो थियो र बैँसालु बात तिम्रै थियो
दोषी ठान्नु पूर्व सोच तनमा डुल्ने हात तिम्रै थियो
! !
मनलाई शान्त पार्न थोरै सुरा पिएको थिएँ मैले
मेरो भन्दा पनि बढी जवानिको मात तिम्रै थियो
! !
चलबलायौ सलबलायौ के के गर्यौ गर्यौ तिमी
जे-जे गरेपनि मनपरी थ्यो सारा रात तिम्रै थियो
! !
नाबालकले झैँ हरेक तमाशा हेर्दै थिएँ मैले तिम्रो
भूल भयो को बाट. ? चुम्बनको खात तिम्रै थियो
! !
बित्यो रात सारा संघर्ष मै प्रेम युद्ध चल्दा चल्दै
भन अब के गर्छ्यौ ? सुनौलो प्रभात तिम्रै थियो ।
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:
Post a Comment