Friday, 13 December 2019

मुक्तक

"मुक्तक"

धरामा  छ  सौन्दर्य  यतै भुलूँ भुलूँ लाग्छ
सुन्दर  शान्त  नेपालमा  डुलूँ डुलूँ लाग्छ
हजारौं   हजार   भमराहरू झुल्छन् सधैँ
लाली गुँरास भै डालीमा फुलूँ फुलूँ लाग्छ

"मुक्तक"

पीडा पनि कति कति लुतो झैँ चिलाउने
दु:खको बिचमा थोरै खुशी छ जिलाउने
सँघर्ष  गरेर जिन्दगी सुधार्न खोज्दछु म
दु:ख आँधी झैँ आउँछ खै कता मिलाउने

No comments:

Post a Comment