"गजल" :- १
काली उनैको छाला छ राम्रो
मेरै बुढीको गाला छ राम्रो
! !
मख्खै परेको मुर्दा म भेटेँ
भन्थ्यो गलामा माला छ राम्रो
! !
भागिन् पियारी छोडेर अन्तै
सोच्थ्यो बिरेले चाला छ राम्रो
! !
नासो छ उस्को पोते नमाग्नुस्
लानुस् बरू यो बाला छ राम्रो
! !
सोध्लान् कसैले देशको कुरानै
भन्नुस् नदी त्यो नाला छ राम्रो
छन्द :- पाङ्फुन्च
विश्राम :- ५ अक्षरमा
"गजल" :- २
रहर लाख हुन्थ्यो, सहर मौन बस्थ्यो
तिम्रो बैँस देखेर, जहर मौन बस्थ्यो
! !
बिष हौ कि तिमी, कि त सुरा नै हौ
पलाएका मनका, रहर मौन बस्थ्यो
! !
आज भन्छु भन्दै आएँ मनैका कुरा
तिम्रो सामु दिलको ठहर मौन बस्थ्यो
! !
लेखौ भन्थेँ गजल मनका शब्द समेटी
कहिले छन्द कहिले बहर मौन बस्थ्यो
! !
माग्ने नै काम थियो प्रेम माग्थ्यो होला
"योगी"नै भएनि हर-प्रहर मौन बस्थ्यो
नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
काली उनैको छाला छ राम्रो
मेरै बुढीको गाला छ राम्रो
! !
मख्खै परेको मुर्दा म भेटेँ
भन्थ्यो गलामा माला छ राम्रो
! !
भागिन् पियारी छोडेर अन्तै
सोच्थ्यो बिरेले चाला छ राम्रो
! !
नासो छ उस्को पोते नमाग्नुस्
लानुस् बरू यो बाला छ राम्रो
! !
सोध्लान् कसैले देशको कुरानै
भन्नुस् नदी त्यो नाला छ राम्रो
छन्द :- पाङ्फुन्च
विश्राम :- ५ अक्षरमा
"गजल" :- २
रहर लाख हुन्थ्यो, सहर मौन बस्थ्यो
तिम्रो बैँस देखेर, जहर मौन बस्थ्यो
! !
बिष हौ कि तिमी, कि त सुरा नै हौ
पलाएका मनका, रहर मौन बस्थ्यो
! !
आज भन्छु भन्दै आएँ मनैका कुरा
तिम्रो सामु दिलको ठहर मौन बस्थ्यो
! !
लेखौ भन्थेँ गजल मनका शब्द समेटी
कहिले छन्द कहिले बहर मौन बस्थ्यो
! !
माग्ने नै काम थियो प्रेम माग्थ्यो होला
"योगी"नै भएनि हर-प्रहर मौन बस्थ्यो
नाम :- प्रकाश पाठक "योगी"
ठेगाना :- भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment