कविता :- हामी युवा हौं
छन्द :- शार्दूलविक्रिडित
सूत्र :- sss iis isi iis ssi ssi s
आमाको ममता भुलेर कसरी बाँच्छौ धरा मानव
गर्छौँ पाप भने सुधीजन भुली बन्छाैँ सबै दानव ।
जाऔँ जन्मथलाे विदेश नबसाैँ चालाैँ त्यहीँ पाखुरा
खाऔं दूधदही हुनेछ तनकाे झन् शक्तिशाली भुरा ।। १ ।।
लाखौलाख युवा विदेश तिर नै के सुम्पिने जीवन
माता छिन् दुखमा कतै यदि भने के काम लाखौं धन ।
केलाई किन पाेखिदैछ पसिना अाै रक्त अाफै चिन ?
खाडी जान मनै रमाउँछ भने नेपाल जन्म्याै किन ? ।।२ ।।
चाल्दै बित्दछ वालुवा वय कहीँ मिल्दैन माया पनि
यस्ताे सम्म भयाे वसन्त ऋतुमा बन्दैन धर्ती धनी ।
बन्ला सुन्दर देश कर्मठ युवा काेही रहेनन् भने?
मर्दा काँध समाउने पुरुष वा नारी कि काे सुम्पने?? ।।३।।
माताकाे मनसंग खेलिरहने धेरै हुदा दुश्मन
हेर्नुस् चन्द्र र सूर्य सम्म सकिए नेपालकाे काञ्चन ।
काटे अाज हजार वृक्ष सकियाे डाँडा पखेरा वन
बाँचाैला कसरी बिना रुख युवा के रम्छ हाेला मन ।।४।।
राखाैँ भूमि नदी सफा मिलिजुली भाग्नेछ पीडा पर
केही दूषित दाग बन्छ नहुदाँ ज्यादै उज्यालाे घर
मात्रै सुन्छु सदैव शब्द ननिकाे तेराे र मेराे यता
गाेर्खा देश धरापमा परिसक्याे योद्धा युवा छन् कता ? ।।५।।
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार