Friday, 25 June 2021

गजल स्वतंत्र

गजल


तिम्रो शब्द शब्दले मन छुन्छ कसरी बताऊँ
थाहै छैन आजकल के हुन्छ कसरी बताऊँ
! ! 
तिमी भन्छौ छिट्टै खाली गर तिम्रो दिललाई 
तिमी बाहिर छौ भित्र कुन छ कसरी बताऊँ
! ! 
न आउछ न  खबर पठाउछ छोडेर जानेले
उसको अभावमा मन रुन्छ कसरी बताऊँ
! !
कहाँ छौ के गर्दैछौ खबर  पठाऊ परदेशी 
तिमी बाहेक पीर को सुन्छ कसरी बताऊँ
! ! 
थोरै माया भिख स्वरूप दिँदा के जान्छर? 
सँगैको सफर कहाँ सकिन्छ कसरी बताऊँ



प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर 
चितवन नेपाल
हाल :- दोहा कतार 

No comments:

Post a Comment