Monday, 28 June 2021

स्वतन्त्र गजल

सधैँ आफ्नै गर्छौ मनोमानी नगर्दा हुन्न
हात लगाउँछौ  जानिजानी नगर्दा हुन्न
! ! 
अरुकै बागको फूल हो जान्दा  जान्दै
गोडमेल गर्छौ आफ्नै ठानी नगर्दा हुन्न
! ! 
मनमा प्रेम बोकी सधा हुन्न भन्छ्यौ
कहिले काँही छुच्चो बानी नगर्दा हुन्न
! ! 
बहर लढ्ला साँढे लढ्ला समय आईँ
यो बलवान भनि खिचातानी नगर्दा हुन्न
! ! 
उसै अप्सरा लाग्छौ झनै सृंगार गर्छो
दुनियाँ जलाउन "मैया" रानी नगर्दा हुन्न

No comments:

Post a Comment