गजल
न त दिनमा रुन्छ न त रातमा रुन्छ
त्यो सगर सधैँ किन प्रभातमा रुन्छ
! !
उसको शब्द काफी मन रुवाउनलाई
किन सायर खूद सुराको मातमा रुन्छ
! !
खबर पठाऊ कि त घर आऊ मुग्लानी
हेर सिउँदोमा सिन्दुर चुरा हातमा रुन्छ
! !
उसको यादहरूले सधैँ सताएर जान्छन्
आँखा अचेल झन् झन् बर्षातमा रुन्छ
! !
पागल भनौं वा प्रेमी भनौं उसलाई मैले
एउटा "योगी" भेटेँ जो बातै बातमा रुन्छ
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment