Wednesday, 21 July 2021

गजल

गजल


म त पत्थर हुँ कहरको गुनासो  छैन
खहरेमा उर्लने लहरको गुनासो छैन
! ! 
सङ्गालेर राख्दा  राख्दै  खाटो बन्यो
वाइयात लाग्ने रहरको  गुनासो छैन
! ! 
न त  साथ दियौ न त आफ्नो बन्यौ 
आँखामा बग्ने नहरको गुनासो छैन
! ! 
कति कथा ब्यथाहरू दबाएर बस्छु
मतलबी यो  शहरको गुनासो  छैन
! !
स्वीकार्य छ तिमी खुशी हुन्छौ भने 
उपहार  त्यो  जहरको गुनासो छैन



प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर 
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment