योगी
Friday, 16 July 2021
गजल
उषाको लाली कस्तो चढेर गयो
ढुकढुकी झन् झन् बढेर गयो
! !
ज्योति छर्न खोज्दा एउटा दीप
स्वयम् आज आगोमा डढेर गयो
! !
लाली अधरले चुमे के हुन्छ होला
नजरको तीर दिलमा गढेर गयो
! !
चन्चल भएको छ प्रभातमा यो मन
प्रिय मान्छे मनको भाव पढेर गयो
No comments:
Post a Comment
Newer Post
Older Post
Home
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment