Monday, 26 July 2021

बहर

गजल



दुखेको  छ  छाती  बताऊँ कहाँ  म 
छ   कोही   मुटुमा   हटाऊँ कहाँ म
! !
नगर्नुस् न   जिद्दी अधर चुम्छु भन्दै
यता   बैंस   उर्ले    दबाऊँ कहाँ  म 
! !
छुरा हान्न थाल्छन् लुटी स्वार्थ जस्ले
उसैलाई    जोवन    थमाऊँ कहाँ म 
! !
लुटी  खान पल्के  ति  व्वाँसाहरूले
लुछे   देश   भन्दै    भगाऊँ कहाँ म
! !
मरे हुन्छ  भन्छन्  ति  स्वार्थी  हुनेले
मर्यो आज  "योगी"   उठाऊँ कहाँ म

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment