गजल
दुख्ने घाउ झन् झन् दुखाउँछन् मान्छे
भित्रभित्रै माया बाहिर लुकाउँछन् मान्छे
! !
आदत हो सजिल्यै कहाँ छुट्छ कसैको
घोचेर नै आँसुको मूल फुटाउँछन् मान्छे
! !
सुगन्ध दिने वनफूल हूँ बुझुन् यो दुनियाँ
मन्दिर राख्छन् लासमा चढाउँछन् मान्छे
! !
गुनासो कसलाई पो गरुँ आगो हूँ बल्दछु
सधैँ ध्यु थपि जल्नलाई सघाउँछन् मान्छे
! !
रुने आदत नै भएको छ फेरी रोई दिउँला
तलाईँ उस्ले छोडी भन्दै सुनाउँछन् मान्छे
! !
प्रेम बियोगमा मुर्छित भै ढलेँ भने कतै म
तमासा हेर्दछन् कि वा उठाउँछन् मान्छे ?
! !
खबर सोध्दैनन् ज्युँदो छदा कसैले पनि
श्रंदाञ्जली लेख्दै आँसु बगाउँछन् मान्छे
! !
दिलमा चोट बोकी मुस्कुराउन छोड्दा म
निष्ठुरी सोच्छन् र निष्ठुरी बनाउँछन् मान्छे
! !
प्रकृतिको नियम हो दिन पछि रातहुन्छ
तिनै हुन् जो उदाउछन् अस्ताउँछन् मान्छे
! !
सधैँ मै हुँ सर्वे सर्वाह पालेर अहम मनमा
अर्ती उपदेशका कुराहरू पढाउँछन् मान्छे
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment