Tuesday, 20 July 2021

गीत

गीत


यथार्थ कुरा हुन् तिमीले सुनेका
यि अधर उनै हुन् तिमीलै चुमेका
यथार्थ कुरा हुन् . . . . 


हृदय भरिका चोट नदुखाऊ
बिन्ति प्रिया, खबर नपठाऊ
कसरी रोकूँ याद दिलमा घुमेका
यि अधर उनै हुन् तिमीले चुमेका


एकै वचन काफी आँखा रसाउन
कसरी सक्छन् कोही दिलबाट हटाउन
सपना टुटीगयो यो मनमा बुनेका
यी अधर उनै हुन् तिमीले चुमेका

यथार्थ कुरा हुन् तिमीले सुनेका
यि अधर उनै हुन् तिमीलै चुमेका
यथार्थ कुरा हुन् . . . .


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment