Saturday, 24 July 2021

गजल

गजल 

अमृत वा जहर जे छरोस् गुनासो छैन
निष्ठुरीले मनलाग्दो गरोस् गुनासो छैन
! ! 
फूल फुलेर पनि कतै सुवास दिन्न भने
बोटमै रहोस् कि  झरोस्  गुनासो छैन
! ! 
दिलमा ठूलो चोट दिइ जान्छ भने "ऊ"
चाहे बाँचोस् चाहे   मरोस् गुनासो छैन
! ! 
सफल हुन्छु भन्छ मेरो खुट्टा ताने पछि 
शुभकामना  सागर  तरोस् गुनासो छैन
! ! 
लुकाएर दिलको चोट स्वागत गर्दा पनि
घुर्क्याएर अन्त सर्छ सरोस् गुनासो छैन

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर 
चितवन नेपाल 
हाल :- दोहा कतार

No comments:

Post a Comment