Monday, 26 July 2021

गजल

गजल



छैन भनूँ भने पनि चारैतिर हरियाली छ
तर फूल छैन कतै केवल डाली डाली छ 
! ! 
चोटै चोटले भरिएको छ हृदय सधैँ  मेरो
लाग्दैछ  तिम्रो संगत हुँदा कतै खाली छ
! ! 
सायद यो  मनलाई  जलाउनलाई होला 
बारम्बार सोह्र श्रृङ्गार ओठमा लाली छ
! ! 
म कहाँ 'ऊ' हुँ 'ऊ' त जै'ले 'ऊ' नै थियो 
त्यसैले मलाई यहाँ न ताली न गाली छ 
! ! 
देशलाई प्रेम कति गर्छस् प्रश्न नसोध्नुस
हृदयभरी हमेशा मेरो मेची महाकाली छ


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment