Tuesday, 20 July 2021

गीत

गीत


नमेटिने चोट दियौ दिलको माझमा
किन आउँछ तिम्रो याद सधैँ साँझमा

जाँदा जाँदै थोरै जहर पिलाएर जाऊ
बिन्ति गर्छु मलाई मुक्ति दिलाएर जाऊ
तिम्रो तस्वीर हेरि बस्छु जूनको साथमा
किन आउँछ तिम्रो याद सधैँ साँझमा


तिम्रो नाम कल्पिदै दुख्छ सधैँ छाति
बज्रपात पारिरह्यौ किन सधैँ म माथि
जून पनि रोइरहन्छ यहाँ सधैँ प्रभातमा
किन आउँछ तिम्रो याद सधैँ साँझमा 


नमेटिने चोट दियौ दिलको माझमा
किन आउँछ तिम्रो याद सधैँ साँझमा


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment