Wednesday, 4 August 2021

बहर

अर्कान :- २१२/२१२/२१२/२१२
बहर :- मुतदारिक मुसम्मन सालिम


दु:ख  पीडा  कमी   झैँ नलाग्ने भयो 
जिन्दगी    सापटी   झैँ  नलाग्ने भयो
! ! 
आँसु मात्रै झर्‍यो जब तिमी सम्झिएँ
किन नयन  पोखरी  झैँ नलाग्ने भयो
! ! 
शिर  झुकाएर  जाँदैन  इज्जत   कुनै
सान्त्वना  मामुली  झैँ  नलाग्ने  भयो
! ! 
दुख्छ छाती अचानक विगत बल्झिए
प्रेम अलि-कति छडी झैँ नलाग्ने भयो
! !
खोज्न पर्दैन दुश्मन अरू भनिदिनूस्
मनको मान्छे सखी  झैँ  नलाग्ने भयो


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment