Thursday, 26 August 2021

बहर

बहर :- मुतकारि मुसम्मन सालिम
अर्कान :- १२२-१२२/१२२-१२२


गजल


सम्हाल्नै नसक्दा भो  हानी हजुरको
म  राख्नू   कहाँ  फूल  दानी हजुरको
! ! 
जीवन  सङ्ग   छुट्टै  गुनासो  छ  भन्दा
कहाँ  अल्झिए   छ  जवानी हजुरको ? 
! ! 
ढिला  भो  सवारी  खबर भो नसोध्नु
छ  ला'ने भए  त्यो  खरानी  हजुरको
! ! 
सधैँ  फूल  सङ्गै    रमाए    छ   काँडा
बनोस् दास दिल यो ए सानी हजुरको
!!
नढाट्नुस् न  बिन्ती  व्यथा छैन भन्दै 
नजरमा   लुकाएर    पानी   हजुरको
! !


प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment