Friday, 27 August 2021

बहर

बहर :- मुतकारिब मुसम्मन सालिम
अर्कान :- १२२-१२२/१२२-१२२
गजल

बुझोस् निष्ठुरीले कहाँ दिल  हुनेछ
दुखे जिन्दगी बाँच्न मुस्किल हुनेछ
! ! 
कसैले  धकेल्दै   बगरमा  पुर्‍यायो 
यहाँ फेरि यमराज  कातिल  हुनेछ
! ! 
म राखूँ कहाँ प्यार?  खाटा   पलाए
दुखे दिल कतै आँसु टिलपिल हुनेछ
! !
सधैँ    बर्सिदेऊ    ए   थोपा  धरामा
बगरलाई   मुस्कान   हासिल  हुनेछ
! ! 
सही  मार्ग  हिँड्नेछु  शङ्का   नगर्नु
कुवाको  धरातल  छ मञ्जिल हुनेछ ।।



प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर 
चितवन नेपाल
हाल :- दोहा कतार 

No comments:

Post a Comment