Thursday, 26 August 2021

बहर

बहर :- मुतकारि मुसम्मन सालिम
अर्कान :- १२२-१२२/१२२-१२२


गजल


भुलेको  रहेछु   चिनारी  हजुरको
थियो नाम के पो पियारी हजुरको? 
! ! 
छ  स्वागत अनौठौ  परेँ  दङ्ग हेर्दा
भएछन् कि कोही पुजारी हजुरको
! !
डढेलो   लगाई    मनको  बाग मेरो 
कहाँ सम्म को  हो  सवारी हजुरको ?
! ! 
झरोस् पुष्प मेरै गुनासो रहन्न 
नहोस् रिक्त बरुँ फूल बारी हजुरको
! ! 
सधैँ  सम्झनामा   पागल   बन्नु भन्दा
अचेल  खोज्छ गर्धन कटारी हजुरको

No comments:

Post a Comment