Thursday, 26 August 2021

बहर

२१२२-२२१२-२१२२

दु:ख सोच्थेँ मेरा स-साना  रहेछन्
देख्छु तकदिर खालि पाना रहेछन् 
! !
जल्न देऊ दिल यो मलम् चाँहिदैन
औषधी आफ्नै आँसु दाना रहेछन्
! !
भ्रममा   बाँचेको म पागल हुँ  सोच्थेँ 
देख्छु प्यारमा पागल जमाना रहेछन्
! ! 
दुख्छ दिल यो पत्थर कहाँ हो र प्रिया
चोट  लाग्दा  हाँस्ने    बहाना   रहेछन् 
! !
व्यर्थ रुँन्छौ एकान्तमा के  थियो  बात? 
ज्ञात भो पीडा खास त 'आना' रहेछन्

No comments:

Post a Comment