Thursday, 12 August 2021

कविता

。。。。"कविता "。。。。

°°°°°°°°°मन लाग्दो गर°°°°°°°°°°

सिमा मिचेर पस्यो बैरी घरमा एक्लै देखी
सुरक्षा गरौं म एक्लै कसोरी कविता लेखी
लिम्पियाधुरा,सुस्ता,मेरो भन्छ कालापानि
छिमेकिले हेप्दैछ आज निर्धो दुब्लो ठानी 
।।
किन मौनछन् मुखियाहरू देश  रुँदा  खेरी
लाचार भैँ हेर्छन्   बैरीले आमा छुँदा   खेरी 
लुटी सके अस्तित्व छिमेकि घर घरमा पसि
समाधान खोज्छन् कोही  सिंहदरबार  बसि 
।।
लुटी सके टिस्टा र काँगडा हामी मूक रहँदा
भयो के  सोधेनौँ दाजु भाइको रगत  बहदा
मेरो आगन मेरो हो भनेर यहाँ  भन्न नपाइने
किन हो मुखियाहरू "उनै"  छिमेकी चाहिने 
।।
गर्दछन् सम्झौता बैरिसँग आमालाई  साट्ने
रच्दछन् षड्यन्त्र आफ्नै दाजु भाइ   काट्ने
वंशज बिनास  गरेर  सबले लुट्नु  लुटे  देश
लुट्न पाए लुट् 'बिरे' दाइ  लुट्ने  छ परिवेश
।।
को भोको छ को  नाङ्गो छ कस्ले  पो  हेरने
चिन्ता छ  मात्रै कसरी सवारी साधन  फेरने
हिलो छ बाटो यता उता हिन्न कार्पेट चाहिने
मन लाग्दो गर 'मैसाप' 'लक्ष्मी'  छन्  दाहिने
।।
मरे मरोस् जनता यहाँ  कस्लाई चासो  छ र 
आऊ छिमेकी तिमी पनि यतै मनलाग्दो गर
सहर बसेर देखिदैन हजुर बाढी अनि पहिरो 
द्यौता उस्तै नेता उस्तै चोट मात्र दिने  गहिरो
।।
ओत लाग्ने छत छैन न त खानलाई अनाज
अति भयो हाम्रो  देशमा  गुण्डाहरूको राज
अनेकौं बहाना बनाइ देशको ढुकुटी लुट्छन्
आइ रंगमंचमा उनै मीठा मीठा गफ चुट्छन्
।।

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार

No comments:

Post a Comment