बहर :- मुतकारिब मुसम्मन सालिम
सुत्र :- १२२-१२२/१२२-१२२
गजल
कतै अल्झिए मन खबर हुन्न कहिले
जखममाथि नौलो, रहर हुन्न कहिले
! !
नजरमा छ चाहा हकीकत यो दिलको
दिवा स्वप्न देख्ने रहर हुन्न कहिले
! !
अधर हेर लाली, मुहारमा छ कान्ति
मिठो झन् वचन त्यो सखर हुन्न कहिले
! !
फस्यो मन कसैको मुटुमाझ आज
रुखो बोल्न बाध्य अधर हुन्न कहिले
! !
छ विश्वास हियोमा तिमी मै छ सन्सार
दुई दिल अलग त्यो सफर हुन्न कहिले
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment