गजल
ओठ हाँसोस् कसरी आखाँ नहरमा थियो
दिल पनि कसैलाई भुल्ने कहरमा थियो
! !
म सँग मन कहाँ मिल्थ्यो पाखे हुँ आखिर
झनै बढी उस्को सङ्गत त्यो सहरमा थियो
! !
मेरो लाश देखेर बिलौना नगर्नुहोस् कोही
मन शान्त पार्ने तागत मात्र जहरमा थियो
! !
यतिसम्म दुखले दु:ख पाएछ जिन्दगी भर
दु:ख पनि दु:ख सँगै मर्छु भन्ने रहरमा थियो
! !
घमंड गर्छौ ए पत्थर जलको साथमा हुँदा
कुनै पल यो बगर पनि त्यो लहरमा थियो
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment