गजल
रातमा जे थियो बिहानी के भयो ?
प्रिय,आँखामा छ पानी के भयो ?
! !
प्रेममा हाँसो खुशी खोज्दै हिड्यौ
बिलौना गर्दैछौ ए नानी के भयो ?
! !
बगरलाई पनि पानीको रै'छ रहर
झन् अरबको जीन्दगानी के भयो ?
! !
डुब्छन् आँखा आँसुको पोखरीमा
आफ्नै अतित सम्झदानी के भयो ?
! !
फिर्ता भो मुशाफिर रित्तो मुटु बोकी
ढुकढुकी लुटेको राजधानी के भयो ?
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment