Sunday, 30 January 2022

गजल

गजल

झेल्नै पर्यो दैबको खेला यस्तै भो
नझारे आँसु छुट्ने बेला यस्तै  भो
! ! 
मिल्दैन सन्तोष तिमी सँग छुट्दा
रुँदै हिडेँ मुग्लानी  मेला यस्तै भो
! !
भविष्य सुध्रिन्छ वा बिग्रिन्छ कुन्नी
हातमा उठेका  छन् ठेला यस्तै भो 
! ! 
पुन:मिलन के हुन्छ कसरी भनूँ खै
भाग्यले गर्दैछ अझैँ हेला यस्तै  भो
! ! 
उस्को वचन छुद्र भनि घृणा किन? 
सोच्नु गुरु बिनाको चेला यस्तै भो 

प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल

No comments:

Post a Comment