गजल
मौनतामा जिन्दगी यो कटाउनु भन्छन्
दिल दुख्दा निष्ठुरीले खटाउनु भन्छन्
! !
कल्पनामा भए पनि जिउने बानी भा'छ
किन कोही यादहरू घटाउनु भन्छन्
! !
तिमी मात्र एक हौ बगरमा आँसु झार्ने
दुनियाँले जल्दै जलेन ठटाउनु भन्छन्
! !
को कहिले आएका थिए दिलमा बस्नलाई?
किन पुतलिहरू दिलबाट हटाउनु भन्छन्
! !
रुकमणीले मलाई कतैको नछोडेको बेला
राधाहरूले त्यो दिल भित्र अटाउनु भन्छन्
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर
चितवन नेपाल
हाल :- दोहा कतार
No comments:
Post a Comment