अचेल हुँदैछ हर दिन मुश्किल के गरौँ
तिम्रो मुस्कानमा फस्यो दिल के गरौँ
! !
यो मुटु बोकेर कहाँ जाउँ जचाउन म
तिम्रो चुम्बन बनि बस्यो खिल के गरौंँ
! !
यादहरू यति घातक रहेछन् ज्ञात भो
मुटुमा पीडा आँखा टिलपिल के गरौँ
! !
तिम्रो अभाव यति सम्म लाग्न थाल्यो
सून्य लाग्दैछ भरी यो महफिल के गरौँ
! !
गुनासो नगर दीयो जलाएन भनि प्रिय
छौ जहाँ त्यहाँ देख्छु झिलमिल के गरौँ
No comments:
Post a Comment