Sunday, 21 November 2021

यो धड़कन उसैको

रमाउने रहर थ्यो  सधैँ त्यो सहरमा
झर्‍यो आँसु एक्लै भएको सफरमा
! ! 
तिमी  छौ  हृदयमा  भनूँ  के   गरेर
छुटे  पुग्न  सक्नेछ जीवन  बगरमा
! ! 
बिछोड्मा हृदय चस्किएको प्रहर छ
म मुस्कान  छरुँला  कसोरी अधरमा 
! ! 
चितामा   पुगे'नि    सकूँ   हाँस्नलाई 
नदेखूँ  कतै   आँसु   तिम्रो   नजरमा 
! ! 
ए मन  प्यार  गर्ने  रहर  छोडि दे   न 
हृदय  घाइते  भो  नजरको  असरमा 

गजल

घायल बनायो कस्ले पागल बनायो कस्ले
यो दिल  दिमागमा हलचल बनायो कस्ले
! ! 
न टिप्न सक्छु मैले न छुन सकेँ सजिल्यै
तिम्रो माया सगरको फल बनायो कस्ले
! ! 
थिएँ शान्त पोखरी आफै भित्र रमाएको
पत्थर  फ्याँकेर  खलबल बनायो कस्ले
! ! 
टुट्ने थिएन साइनो उठ्ने थिएन विश्वास
भरोसा सँग सँगै यहाँ  छल बनायो कस्ले
! ! 
मैले के गरेको छु र भनी प्रश्न गर्छन् कोही
भन आँखामा आँसुको ढल बनायो कस्ले 

गजल
गजल

यो धडकन उसैको यो तडपन उसैको
सधै  सम्झनामा   दुख्यो मन   उसैको 
! !
रहर   एक   जाग्यो  चितासम्म  पुग्दा 
सुनौ  भन्छ यो  कान   गनगन उसैको
! ! 
हृदय जल्छ होला म  जल्दा  चितामा 
टुटेको  कहाँ    रै'छ    बन्धन   उसैको
! ! 
नहाने हुने   थ्यो   सिसालाई    पत्थर 
रुँने   चाह   देख्दैछु  झन झन उसैको
! ! 
म चाखेँ अधर त्यो   सुरा   दूर   राखी
जहर लाग्न थाले   ती चुम्बन  उसैको
! ! 
अचानक  दुख्यो  मन   जँचाएर  आएँ
गढेका  खिलै  खिल   रहेछन्   उसैको
! !
प्रकाश पाठक "योगी"
भरतपुर २३ जगतपुर 
चितवन नेपाल 
हाल :- दोहा कतार








No comments:

Post a Comment