Sunday, 28 November 2021

गजल

गजल


मेरो आँखा भित्र कहिले पानी भएन
यहाँ विश्वास गर्ने उस्को बानी भएन
! ! 
आजै मेरी हौ भन्थेँ हात समाइ प्रिय
तिमीले सोचेँ झैँ मेरो  जवानी भएन
! ! 
पढ को छ दिलमा भन्यौ म के गरूँ
हृदयमा पुग्ने आँखाको नानी भएन
! !
प्रेम सबै गर्छन् भनि कसरी पत्याउँ
कोही मेरो   चितासँगै  जानी भएन
! ! 
रहर सधैँ यस्तो पलाउँछ यो मनमा 
ठूली छ जीवनमा तर 'सानी' भएन

No comments:

Post a Comment